+

टाढा छु, तिहारमा घरको याद आउँछ : अन्जन विष्ट

२०८२ कात्तिक  ४ गते १२:२८ २०८२ कात्तिक ४ गते १२:२८
टाढा छु, तिहारमा घरको याद आउँछ : अन्जन विष्ट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्टले तिहार र छठपर्वको अवसरमा शुभकामना दिएका छन्।
  • अन्जन विष्टले बंगलादेश फुटबल लिगमा ब्रदर्स युनियनबाट खेलिरहेका छन् र दुई दिनअघि पहिलो गोल गरेका थिए।
  • नेपालमा नियमित शहीद स्मारक ए डिभिजन लिग नहुँदा आठ खेलाडी बंगलादेश फुटबल लिग खेल्न गएका छन्।

४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्टले आफू टाढा रहेपनि तिहारमा घरको याद आउने बताउँदै तिहार र छठपर्वको अवसरमा शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुरा लेख्दै शुभकामना दिएका हुन् । ‘टाढा छु, तर सपना पछ्याइरहेको छु। नेपालमा उज्यालोको पर्व तिहार — घरको याद त आउँछ नै। तर आजको संघर्ष भोलिको सफलता हो’ उनले लेखेका छन् ।

उनले शुभ दीपावली र छठपर्वको सबैलाई शुभकामना दिएका छन्।

अन्जनले ब्रदर्श युनियनबाट बंगलादेश फुटबल लिग खेलिरहेका छन् । उनले दुई दिनअघि ब्रदर्स युनियनका लागि पहिलो गोल समेत गरेका थिए ।

पहिलो खेलमा बंगलादेश पुलिससँग पराजित भएको ब्रदर्थ युनियनले दोस्रो खेलमा अबाहानी लिमिटेडलाई २-१ ले पराजित गरेको थियो । जहाँ अन्जनले एक गोल र एक असिस्ट गरेका थिए ।

उनले नेपाली राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका छन् ।

नेपालमा नियमित शहीद स्मारक ए डिभिजन लिग नहुँदा अन्जन लगायत ८ खेलाडी अहिले बंगलादेश फुटबल लिग खेल्न गएका छन् ।

अन्जन विष्ट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय