
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘वरिष्ठ बलराम’ भाइटीका अवसरमा नेपाल र अस्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ र अग्रिम टिकट बिक्री सुरु भएको छ।
- अस्ट्रेलियामा न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड लगायत आठ स्थानमा फिल्म रिलिज हुने वितरण कम्पनी सेभेन सिज सिनेमाले जनाएको छ।
- नेपालमा प्रदर्शन तालिका बुधबार बेलुकासम्म पूर्णता पाउनेछ र निर्देशक सुरेन्द्र पौडेलले फिल्म राम्रो बनेको दाबी गर्नुभएको छ।
काठमाडौं । भाइटीका अवसरमा विहिबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम टिकट बिक्री सुरु भएको छ ।
यो फिल्म उक्त दिन नेपाल र अस्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ । नेपालमा बुकिङ खुलेपनि शोजको अन्तिम तालिका भने आउन बाँकी छ ।
वितरकले अस्ट्रेलियाको प्रदर्शन तालिका सार्वजनिक गरेका छन् । त्यहाँका न्यू साउथ वेल्स, अस्ट्रेलियन राजधानी क्षेत्र एक्ट, भिक्टोरिया, क्वीन्सल्याण्ड, तास्मानिया, डार्विन, पर्थ, एडिलेडमा फिल्म रिलिज तय भएको छ ।
जसअनुसार, न्यू साउथ वेल्सका ८ हल, भिक्टोरियाका ३, क्वीन्सल्याण्डका २, तास्मानिया–डार्विन–पर्थमा १–१ र एडिलेडका २ हलमा फिल्म रिलिज हुने वितरण कम्पनी सेभेन सिज सिनेमाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फिल्म विश्वब्यापी रिलिज हुने जानकारी वितरक रमेश चौलागाईंले दिए । उनका अनुसार पहिलो साता इभेन्ट सिनेमाजमा फिल्मले ६८, हुट्स सिनेमामा २६ र भिलेज सिनेमाजमा १८ गरि ११२ शोज तय भएको छ ।
३० अक्टोबरदेखि मध्यपूर्व र बेलायतमा रिलिज हुने जनाइएको छ ।
नेपालको प्रदर्शन तालिकाले बुधबार बेलुकासम्म पूर्णता पाउनेछ । किनभने, अहिले चलिरहेका फिल्म र आउन लागेका फिल्मको शोजबीच सन्तुलन मिलाउनु पर्ने भएकाले ‘वरिष्ठ बलराम’का शो प्रकाशित हुन बाँकी रहेको हल संचालकले जनाएका छन् ।
‘रिलिजपछि हाम्रो फिल्मको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो फिल्म बनाएका छौँ’ निर्देशक सुरेन्द्र पौडेलले भने ।
ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले फिल्म पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ ।
फिल्ममा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।
प्रतिक्रिया 4