
४ कात्तिक, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवेन्द्र दहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
मंगलबार झापाको बिर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नु पर्ने पनि बताए ।
अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले जनताको बीचमा गएर सिर्जना गरिएका भ्रम चिर्न जरुरी रहेको उनको भनाइ छ ।
निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका दाहालले आफूले उक्त मन्त्रालयको कार्यक्षेत्रमा सुधारको काम सुरु गरेको पनि बताए ।
हिंसा र अपराध संरक्षण गर्ने काम अहिलेको सरकारले गर्न सक्ने भन्दै उनले त्यस्ता काममा संलग्नलाई कारबाही गर्नु पर्ने बताए ।
भेटमा एमाले झापा अध्यक्ष प्रेम गिरीले २३ र २४ भदौको आगजनी र तोडफोडमा एमालेलाई मुख्य निशाना बनाइएको बताए ।
प्रतिक्रिया 4