+

काभा पुरुष कप भलिबल : नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

२०८२ कात्तिक  ५ गते ६:२५ २०८२ कात्तिक ५ गते ६:२५
काभा पुरुष कप भलिबल : नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आजदेखि सुरु हुने काभा कप फर मेन भलिबलको पहिलो खेलमा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपाली पुरुष भलिबल टोलीले दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्दैछ।
  • १४ सदस्यीय टोलीमा ८ नयाँ खेलाडी छन् र कप्तान हरिहजुर थापाको नेतृत्वमा खेल हुनेछ।

५ कात्तिक, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने काभा कप फर मेन (काभा पुरुष कप) भलिबलको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि प्रतियोगिताको पहिलो खेलमै नेपालले तुर्कमेनिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान ९:४५ बजे ढाकास्थित इन्डरहलमा हुनेछ ।

यसै खेलमार्फत नेपाली पुरुष भलिबल टोलीले दुई वर्षपछि अन्तर्राष्ट्रिय पुरुष भलिबलमा पुनरागमन गर्दैछ ।

सेटर हरिहजुर थापाको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीमा यस पटक ८ नयाँ खेलाडी छन् । आधा भन्दा बढी नयाँ र युवा खेलाडी भएकोले केही खेलाडीले पहिलो रोजाईँमा डेब्यु गर्ने लगभग पक्का छ ।

कप्तान हरिहजुर सिहत आउटसाइड हिटर धन बहादुर भट्ट सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री, सफल विकसँग पनि अन्तर्राष्ट्रिय अनुभव छ । यू२० काभा पुरुष भलिबलमा रजत जितेको टिमका कप्तान अर्जुन नेपालीसहित चार खेलाडी पनि छन् ।

यस्तै भरत यादवले पहिलो पटक नेपालको पुरुष भलिबल टिमको प्रशिक्षण सम्हाल्दै बंगलादेश गएका छन् । उनको सहायकमा उत्सव खड्का छन् ।

आजै श्रीलंका र अफगानिस्तानबीच दिउँसो पौने १ आजे खेल हुनेछ भने आयोजक बंगलादेशले साँझ सवा ५ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सेन्ट्रल एसियामा १४ राष्ट्र सदस्य रहेपनि यस क्षेत्रको दोस्रो श्रेणीको टिमहरुबीच यस प्रतियोगिता आयोजना हुन लागेको हो ।

नेपाली टोली : हरिहजुर थापा (कप्तान), धन बहादुर भट्ट, विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री, सफल विक, अर्जुन नेपाली, रविन नगरकोटी, पहल गहतरात, सन्तोष राई, सुनिल बोहरा, सुजन सुनार, नृपध्वज बस्नेत, शैलेन्द्र यादव

काभा पुरुष कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय