
५ कात्तिक, काठमाडौं । आजबाट नेपाल सवंत ११४६ प्रारम्भ भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सवंत्को सुरुवात गराएका थिए ।
सोही अवसरमा प्रधानमन्त्री सुशीला कार्की तीनवटा फरक फरक कार्यक्रममा सहभागी हुँदैछिन् ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार, प्रधानमन्त्री कार्की बिहान ७ बजे ललितपुरको मंगलबजारमा पुग्ने कार्यतालिका छ ।
त्यस्तै पौने ९ बजे भक्तपुरमा आयोजित कायक्रममा सहभागी हुनेछिन् । मध्यपुर थिमीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुने रावलले बताएका छन् ।
त्यसपछि लगत्तै प्रधानमन्त्री कार्की काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा सहभागी हुनेछिन् । उनी बिहान साढे ९ बजे बसन्तपुरमा सहभागी कार्यक्रममा सहभागी हुन पुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4