News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपियन च्याम्पियन्स लिगमा आर्सनलले एट्लेटिको मड्रिडलाई ४-० ले हराएको छ।
- न्युकासलले बेनफिकालाई ३-० गोलअन्तरले पराजित गरेको छ।
- म्यान्चेस्टर सिटीले भिल्लारियललाई २-० ले हराएको छ र आर्सनल ९ अंकसहित तेस्रो स्थानमा छ।
५ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा तीन इंग्लिस क्लबले सहज जित निकालेका छन् ।
गएराति भएको खेलमा आर्सनलले एट्लेटिको मड्रिड, म्यान्चेस्टर सिटीले भिल्लारियललाई तथा न्युकासलले बेनफिकालाई हराएका हुन् ।
आर्सनलले एट्लेटिकोलाई ४-० ल पराजित गर्यो । आर्सनलका लागि गाब्रियल मागेल्सले ५७औं मिनेटमा गोल गरेका थिए भने ६४औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरे ।
६७औं र ७०औं मिनेटमा भिक्टोर ग्योकेरेसले गोल गर्दै आर्सनलको ४-० को जित पक्का गरे ।
त्यस्तै अर्को खेलमा न्युकासलले बेनफिकालाई ३-० गोलअन्तरले हरायो । न्युकासलका लागि एन्थनी गोर्डनले ३२औं मिनेटमा गोल गरेका थिए ।
हार्वे बार्नसले ७०औं र ८३औं मिनेटमा गोल गर्दै सहज जित पक्का गरे ।
म्यान्चेस्टर सिटीले भिल्लारियललाई २-० ले पराजित गर्यो । सिटीका लागि एर्लिङ हालान्डले १७औं मिनेटमा तथा बर्नार्डो सिल्भाले ४०औं मिनेटमा गोल गरे ।
यी नतिजापछि ३ खेलमा ९ अंकका साथ आर्सनल तेस्रो स्थानमा छ भने ७ अंक भएको सिटी पाँचौं स्थानमा तथा न्युकासल सातौं स्थानमा छ ।
प्रतिक्रिया 4