+

पीएसजीको ‍फराकिलो जित

२०८२ कात्तिक  ५ गते ९:२८ २०८२ कात्तिक ५ गते ९:२८
पीएसजीको ‍फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पीएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा बायर लेभरकुसनलाई ७-२ को फराकिलो अन्तरले हराएको छ।
  • पीएसजीका डिजायर डुलेले २ गोल गरे भने विलिन पाको, भिचा भरातस्केलिया, नुनो मेन्डेस, ओस्मान डेम्बेले र भिटिन्हाले १-१ गोल गरे।
  • लेभरकुसनका एलेक्स गार्सियाले दुवै गोल गरे र खेलमा दुई खेलाडीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए।

५ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

पीएसजीले बायर लेभरकुसनलाई ७-२ को फराकिलो अन्तरले हराएको हो । पीएसजीको जितमा डिजायर डुले २ गोल गर्दा विलिन पाको, भिचा भरातस्केलिया, नुनो मेन्डेस, ओस्मान डेम्बेले र भिटिन्हाले १-१ गोल गरे ।

लेभरकुसनका लागि दुवै गोल एलेक्स गार्सियाले गरे ।

खेलको ३३औं मिनेटमा लेभरकुसनका रोबर्ट एन्ड्रिक तथा ३७औं मिनेटमा पीएसजीका इलिया जाबार्नीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।

जितपछि पीएसजी लिग तालिकामा ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ ।

पीएसजी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय