+
+
Shares

रक्सी पिएर होहल्ला गरे, पक्रँदा पेस्तोल भेटियो

रासस रासस
२०८२ कात्तिक ६ गते १३:०४
प्रतिकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित शिवकुमार विकलाई पक्राउ गरेको छ।
  • उनको साथबाट चार लाख अठहत्तर हजार रुपैयाँ पनि बरामद भएको छ।
  • प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको छ।

६ कात्तिक, पाटन । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार विकलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट चार लाख अठहत्तर हजार रुपैयाँ पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए ।

‘विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान-१, नगद र मोबाइल फोन पनि बरामद भएको छ,’ जोशीले जानकारी दिए ।

विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?