+
+
Shares

टेस्लाको मुनाफा घट्यो, सेयरमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेस्लाले सेप्टेम्बर त्रैमासिकमा २८ अर्ब डलर राजस्व हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो।
  • कम्पनीको खुद मुनाफा ३७ प्रतिशतले घटेको छ, जसको कारण भन्सार शुल्क र अनुसन्धान तथा विकासमा बढेको खर्च रहेको छ।
  • टेस्लाको शेयर मूल्य ३.८ प्रतिशतले घटेको छ र शेयरधनीहरूले नोभेम्बरमा एलन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्।

६ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले कीर्तिमानी त्रैमासिक राजस्व हासिल गरे पनि यसको खुद मुनाफा ३७ प्रतिशतले घटेको छ ।

बीबीसीका अनुसार कम्पनीले यो गिरावट भन्सार शुल्क र अनुसन्धान तथा विकाससँग सम्बन्धित थप लागतहरूका कारण भएको जनाएको छ ।

सेप्टेम्बर त्रैमासिकमा टेस्लाको राजस्व अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेर २८ अर्ब अमेरिकी डलर पुगेको छ ।

कम्पनीका अनुसार यो वृद्धि अमेरिकी ग्राहकहरूको कर छुटको समय सीमा समाप्त हुनुअघि गरिएको ठूलो खरिदको कारणले भएको हो ।

मुनाफा घटेको नतिजा घोषणा भएपछि टेस्लाको सेयर मूल्यमा ३.८ प्रतिशतको गिरावट दर्ता भएको छ ।

कम्पनीका सेयरधनीहरूले आगामी नोभेम्बरमा प्रमुख कार्यकारी अधिकृत  (सीईओ) एलन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्, जसको सम्भावित मूल्य १० खर्ब डलरसम्म हुन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?