+
+
Shares

कुटपिटबाट युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट ३० वर्षीय जगन राजवंशीको बुधबार राति मृत्यु भएको छ।
  • राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा उनीमाथि कुटपिट भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
  • कुटपिटमा सङ्लग्न भएको आरोपमा २६ वर्षीय हेमकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसफी खड्काले बताए।

६ कात्तिक, झापा। बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

बुधबार राति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशीको मृत्यु भएको हो। राजवंशी  र केही व्यक्तिबीच झगडा हुँदा उनीमाथि कुटपिट भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

कुटपिटबाट घाइते राजवंशीलाई उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

कुटपिटमा सङ्लग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको डीएसफी खड्काले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?