+
+
Shares

सेनाको निकुञ्ज गस्ती : एक वर्षमा ४२ नाल हतियार नियन्त्रण, पासो र घरेलु हतियार ४ हजार बरामद

पछिल्लो एक वर्षको अवधिमा सेनाले निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुबाट ४२ थान विभिन्न प्रकारका बन्दुकहरु बरामद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले पछिल्लो एक वर्षमा निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुबाट ४२ थान बन्दुक बरामद गरेको छ।
  • त्यसैगरी सेनाले १ हजार ९ सय ७६ वटा जाल, १ हजार ९ सय ६५ वटा घरेलु हातहतियार र ३ सय ६५ वटा सवारी साधान नियन्त्रणमा लिएको छ।
  • निकुञ्ज तथा आरक्ष सुरक्षामा खटिएका ११६ सैनिकले ज्यान गुमाएका छन् र यस आर्थिक वर्षमा चार सैनिक घाइते भएका छन्।

७ कात्तिक, काठमाडौं । नेपाली सेनाले एक वर्षको अवधिमा निकुञ्ज गस्ती गर्ने क्रममा ठूलो मात्रामा घरेलु हातहतियारदेखि बन्दुकसम्म बरामद गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा सेनाले निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुबाट ४२ थान विभिन्न प्रकारका बन्दुकहरु बरामद गरेको छ ।

त्यसैगरी १ हजार ९ सय ७६ वटा जाल तथा पासो पनि निकुञ्ज तथा आरक्षहरुबाट बरामद गरिएको नेपाली सेनाले बताएको छ । यही अवधिमा १ हजार ९ सय ६५ थान विभिन्न प्रकारका घरेलु हातहतियार पनि बरामद भएका छन् ।

सिकार गर्न प्रयोग गरिएका सवारी साधानहरु पनि ठूलो मात्रामा सेनाले नियन्त्रणमा लिएको छ । चार पांग्रे र दुई पांग्रे गरेर ३ सय ६५ वटा सवारी साधानहरु सेनाले नियन्त्रणमा लिएको हो ।

यही अवधिमा विभिन्न जंगली जनावरका १६ वटा ओखेटोपहारहरु बरामद भएका छन् ।

१२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्षको सुरक्षामा नेपाली सेना खटिँदै आएको छ ।

त्यसैगरी चुरे क्षेत्र संरक्षणका लागि नेपाली सेनाका आठ वटा गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्म गरी कुल ९ हजार ४६ सुरक्षा फौज संरक्षणको काममा खटिँदै आएका छन् ।

अहिलेसम्म निकुञ्ज तथा आरक्ष सुरक्षामा खटिएका ११६ सैनिकहरुले ज्यान गुमाएका छन् । यस आर्थिक वर्ष मात्रै चार सैनिक घाइते भएको जंगी अड्डाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?