+

काभा कप पुरुष भलिबल : नेपालले माल्दिभ्सले हरायो

२०८२ कात्तिक  ७ गते १७:३६ २०८२ कात्तिक ७ गते १७:३६
काभा कप पुरुष भलिबल : नेपालले माल्दिभ्सले हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशमा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ।
  • नेपालले माल्दिभ्सलाई २५-२१, २५-२३, २५-१८ को सेटमा हराएको हो र तीन खेलबाट ४ अंक जोडेको छ।
  • नेपाल पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको काभा कप पुरुष भलिबलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ ।

ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएको हो ।

पहिलो जितपछि तीन खेलबाट नेपालले ४ अंक जोडेको छ  ।

नेपालले माल्दिभ्सलाई २५-२१, २५-२३, २५-१८ ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो ।

आजै भएको पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा हराएर लगातार तेस्रो जित हात पारेको छ । आजको अन्तिम खेल घरेलु टोली बंगलादेश र श्रीलंकाबीच हुनेछ ।

 

काभा कप पुरुष भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय