News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते खेलाडी सानुमाया थिङ नोभेम्बर २७ देखि इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिप खेल्नेछिन् ।
- महिला एकल कातामा प्रतिस्पर्धा गर्ने सानुमाया हाल नेपालमै तयारी गरिरहेकी छन् ।
- एसियन गेम्ससम्म खेल्ने लक्ष्य राखेपनि विश्व वरियताका आधारमा विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी उनले राम्रो प्रदर्शन गर्दै पदक जित्ने लक्ष्य राखेकी छन् ।
८ कात्तिक, काठमाडौं । नेपाली कराते खेलाडी सानुमाथा थिङ यतिबेला विश्व कराते च्याम्पियनसिपको तयारीमा छन् ।
आगामनी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा हुने विश्व कराते च्याम्पियनसिपका लागि अहिले उनी कडा मिहिनेत गरिरहेकी छन् । करातेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले मात्र प्रतिस्पर्धा गर्नेछिन् ।
उनी विश्व वरियताका आधारमा सिधै विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् । छनोट चरण पार गरेर नेपाली कराँतेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्दैछ । केही वर्ष अगाडि सिधै विश्व च्याम्पियनसिप खेल्न पाउँथ्यो । त्यतिबेला नेपालका कुनैपनि खेलाडीले विश्व च्याम्पियनसिप खेलेनन् । अहिले विश्व वरियता र छनोट भएर मात्र विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान छ । जहाँ सानुमाया केही महिनाअगाडि विश्वको उत्कृष्ट २४ खेलाडीका रूपमा सिधै छनोट भइन् । उनको विधामा कुल ३२ खेलाडी खेल्नेछन् । पेरिसमा भएको छनोटबाट बाँकी खेलाडीले स्थान बनाउने प्रावधान थियो । एरिकासहित नेपाली खेलाडीले पेरिसमा छनोट खेले । तर कुनै खेलाडी पनि सफल भएनन् ।
मार्सल आर्ट्स नेपाली खेलकुदमा ऐतिहासिक सफलता दिलाउने सूचीमा अघिमा छ । त्यसमा पनि पछिल्लो समयम करातेले लगातार अन्तर्राष्ट्रिय उपलब्धी दिलाइरहेको छ । कराते कुमुतेकी खेलाडी एरिका गुरुङले पछिल्लो समयम लगातार अन्तर्राष्ट्रिय सफलता हात पार्दै आएकी छिन् । उनीजस्तै करातेकै सानुमाया थिङको पनि देशका लागि ठूलो सफलताका दिलाउने लक्ष्य छ ।

त्यसैको तयारीमा छिन् मानुमाया अहिले । विश्व च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगिता खेल्न तयारी गरेपनि सानुमायाले खासै सहयोग पाएकी छैनन् । उनले म्याच एक्सपोजरका लागि सहयोग पनि पाएकी छैनन् । उनलाई १३औं सागका दोहोरो स्वर्ण विजेता मन्दे काजी श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
उनलाई म्याच एक्सपोजर दिलाउन मन्दे काजीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने प्रयास गरेपनि योजना सफल भएको छैन । पहिलो अफिसियल प्रतियोगिताबाट नै प्रमाणित गर्दै सानुमायाले विश्व च्याम्पियनसिप खेल्दैछिन् ।
उनी हाल देशभित्रै प्रशिक्षण गरिरहेकी छिन् र त्यसैको आधारमा विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै पदक जित्ने महत्वकाँक्षा राखेकी छिन् । ‘एसियन गेम्ससम्म खेल्ने लक्ष्य राखेको थिएँ । विश्व च्याम्पियनसिपमा छनोट हुँदा आत्मविश्वास बढेको छ, सानुमाया भन्छिन्, ‘प्रशिक्षकले पनि धेरै मोटिभेसन दिनुभएको छ । वर्षभर गरेको मिहनेत दुई मिनेटमा देखाउने भएकाले त्यसका लागि तयार हुन आफ्ना गुरुले प्रेरित गर्नुभएको छ ।’ सानुमायाले भनिन् ।
विश्वका चर्चित खेलाडीसँग खेल्न गुरुले नै प्रोत्साहन गरिरहेको र आफूमा डर हराएको सानुमायाको विश्वास छ । मिसन-२६ का लागि छनोट हुनु र विश्व च्याम्पियनसिपमा पदक जित्नु नै जीवनमा उनको लक्ष्य बनेको छ । चाडपर्व पनि नभनी प्रशिक्षण गरेकी उनले हप्ताको एकदिन फिटनेस ट्रेनिङ गरिरहेकी छिन् ।
प्रशिक्षक मन्दे काजीले सानुमाथाले विश्व च्याम्पियनसिपमा जित्ने र वरियतामा पनि सुधार गर्ने हिसावले तयारी गरिरहेको बताए । ‘कातामा इन्डुरेन्स, ब्यालेन्स, समय, स्ट्यान्ड र फिटनेस सबै पक्षमा राम्रो हुनु पर्छ । सानुमाथाले हरेक दिन धेरै पक्षमा सुधार गर्दै छन् । हिले फिटनेसमा पनि ध्यान दिएको छ ।’
सानुमायाले पछिल्लो एक वर्षमा धेरै सुधार गरेको मन्दे काजीले बताए । एशियन कराते च्याम्पियनसिपमा तीन बाउट जित्दै सानुमायाले आफ्नो क्षमता देखाइसकेकी छिन् । तर मेडल बाउटमा भने उनी चुकेकी थिइन् ।
विश्व च्याम्पियनविरुद्ध सानुमायाको प्रदर्शनले उनमा धेरै आशा पलाएको प्रशिक्षक मन्देकाजीले बताए । एसियन च्याम्पियनसिप पछि उनले राम्रो सम्भावना देखाएपनि अन्तर्राष्ट्रिय म्याच एक्सपोजरको भने केही कमी रहेको मन्देकाजीले पनि स्वीकारे ।
प्रतिक्रिया 4