News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले न्युजिल्याण्डकी स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको छ।
- स्कट कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए।
- टिम मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको अनुभवले बलिङ आक्रमण मजबुत बनाउने र ब्याटिङ लाइनअपमा गहिराइ थप्ने बताए।
७ कात्तिक, काठमाडौं । न्युजिल्याण्डका स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएकी छन् ।
सुदूरपश्चिम रोयल्सले शुक्रबार विज्ञप्ती जारी गर्दै स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा गरेको छ ।
सुदूरपश्चिमले आगामी मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको लागि दोस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई अनुबन्ध गरेको हो ।
दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरिएको घोषणा गर्दा निकै खुशी रहेको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।
स्कटले एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए ।
सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको पुनरागमनबारे खुसी व्यक्त गर्दै भने, ‘स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउँछ, साथै उनको अलराउन्ड क्षमताले ब्याटिङ लाइनअपमा पनि महत्वपूर्ण गहिराइ थप्नेछ ।’
स्कटले पनि नेपाल फर्किन पाउँदा निकै उत्साह व्यक्त गरेका छन् । उनले यस सिजन पुनः सुदूरपश्चिम रोयल्सका समर्थकहरू अगाडि खेल्न तथा टिमलाई सफलता दिलाउन योगदान गर्न आतुर रहेको बताएका छन् ।
प्रतिक्रिया 4