८ कात्तिक, काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धलाई बढावा दिएको आरोप लगाएका छन् ।
अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्यारेबियन क्षेत्रमा पठाएपछि बढेको सैन्य तनावका बीच मादुरोले आरोप लगाएका हुन् ।
अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले शुक्रबार विमानवाहक पोतलाई मेडिटेरेनियन सीबाट क्यारेबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए । बीबीसीका अनुसार उक्त पोत ९० विमानहरू लैजान सक्ने क्षमताको छ ।
राष्ट्रपति मादुरोले सरकारी सञ्चारमाध्यमसँग भनेका छन्, ‘उनले अब कुनै युद्धमा समावेश नहुने प्रतिवद्धता जनाएका थिए । तर एउटा नयाँ युद्ध सिर्जना गरिरहेका छन् ।’
अमेरिका पछिल्ला दिनहरूमा क्यारेबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थित बढाइरहेको छ । उसले उक्त क्षेत्रमा युद्धपोत, परमाणु पनडुब्बी र एफ–३५ लडाकु विमान तैनाथ गरेको छ ।
अमेरिकाले लागू औषध तस्करीविरूद्धको अभियान अन्तर्गत सैन्य उपस्थिति बढाइएको बताइरहेको छ ।
प्रतिक्रिया 4