News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता नैनसिंह महरले आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताए।
- महरले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए।
- उनले सरकार चुनाव सम्पन्न गर्न नसके यसको औचित्य सकिने र चुनावमा केन्द्रित हुनुपर्ने सुझाव दिए।
८, कात्तिक, डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित कार्यकता भेटघाट कार्यक्रममा उनले आपतकालीन अवस्थामा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको विषय भएकाले कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए ।
‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी-विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो,’ महरले भने, ‘जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो । आन्दोलनको आदेश पनि त्यही हो । यसबाट सरकार विचलित नहोस् ।’
सरकार निर्माण गर्ने बेलाका शक्तिहरूको आदेश पनि चुनाव सम्पन्न गर्नु भन्ने नै रहेकाले कत्ति पनि विचलित नभएर थप सक्रियता बढाउन महरले सरकारलाई सुझाव दिए ।
‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ ?,’ केन्द्रीय सदस्य महरले भने, ‘यो प्रश्न आम जनताको हो । त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ ।’
महरले सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको आरोप पनि लगाए ।
‘दलहरूमाथि पूर्वाग्रहीरूपमा प्रस्तुत हुने, आफूलाई दिएको टीओआर चुनावको भए पनि त्योभन्दा बाहिर गएर काम गर्ने गरिरहेको छ,’ उनले भने, ‘त्यसैले सरकारले आफ्नो काम सम्पन्न गर्नुपर्छ । काम गर्न नसके सरकारको औचित्य पनि सकिन्छ ।’
प्रतिक्रिया 4