+
+
Shares

तपाईंको नाकैले बताउँछ कि जीवनमा कति टेन्सन छ ?

तनाव पश्चात् कुनैपनि व्यक्ति कति छिटै सामान्य अवस्थामा फर्किन सक्दछ भन्ने कुरा पनि यसबाट देख्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ससेक्स विश्वविद्यालयका मनोवैज्ञानिकहरुले थर्मल क्यामेराको प्रयोगबाट अनुहारको तापक्रम घटेर तनावको स्तर पत्ता लगाउने अध्ययन गरेका छन्।
  • शोधमा सहभागी २९ जनामध्ये अधिकांशको नाकको तापक्रम ३ देखि ६ डिग्रीसम्म घटेको पाइयो र सामान्य अवस्थामा छिटै फर्किएको थियो।
  • थर्मल इमेजिंग प्रविधिले चिम्पान्जी तथा गोरिल्ला जस्ता प्राइमेटमा समेत तनाव मापन गर्न सकिने र वन्यजन्तु संरक्षणमा उपयोगी हुने बताइएको छ।

९ कात्तिक, काठमाडौं। बीबीसीकी विज्ञान संवाददाता भिक्टोरिया गिललाई जब तीनजना अपरिचित व्यक्तिको अगाडि अचानक ५ मिनेट भाषण गर्न र १७।१७ को फरकमा २०२३ बाट सुरु गरेर उल्टो गणना गर्न भनियो तब उनको अनुहारमा प्रष्टसँग तनाव झल्किरहेको थियो ।

वास्तवमा ससेक्स विश्वविद्यालयका मनोवैज्ञानिकले हल्का डरलाग्दो यो अनुभवलाई एउटा शोध परियोजनाका लागि कोठाभित्र रेकर्ड गरिरहेका थिए । यसमा उनीहरुले थर्मल क्यामेराहरुको सहयोगबाट तनावको अध्ययन गर्दथे ।

तनावमा अनुहारमा रगतको प्रवाहलाई असर पार्दछ । मनोवैज्ञानिकहरुका अनुसार नाकको तापमानमा हुने गिरावटबाट तनावको स्तर पत्ता लगाउन सकिन्छ ।

साथै तनाव पश्चात् कुनैपनि व्यक्ति कति छिटै सामान्य अवस्थामा फर्किन सक्दछ भन्ने कुरा पनि यसबाट देख्न सकिन्छ ।

अध्ययनमा संलग्न शोधकर्ताहरुका अनुसार थर्मल इमेजिंग प्रविधि मानिसमा तनावका विषयमा गरिने अध्ययनमा एक गेम चेन्जर सावित हुनसक्छ ।

भिक्टोरिया गिल भन्छिन्,’म जुन प्रयोगवाला तनाव परीक्षणबाट गुज्रिएँ, त्यो निकै सोँचविचारी डिजाइन गरिएको थियो ताकि त्यसबाट मानिसहरुलाई समस्या परोस्। विश्वविद्यालय प’ने बेलासम्म म कुन प्रक्रियाबाट गुज्रिनेवाला छु भन्ने कुरा मलाई कत्तिपनि थाहा थिएन।’

अध्ययनमा संलग्न शोधकर्ताहरुका अनुसार थर्मल इमेजिंग प्रविधि मानिसमा तनावका विषयमा गरिने अध्ययनमा एक गेम चेन्जर सावित हुनसक्छ ।

सुरुमा उनलाई कुर्सीमा बसाएर हेडफोनमा ह्वाइट नोइज सुन्न लगाइयो। यो यस्तो आवाज हो जसमा फरक फरक फ्रिक्वेन्सीका आवाज हुन्छन् ।

जब फरक फरक फ्रिक्वेन्सीयुक्त आवाजलाई एकैठाउँ मिसाइन्छ, त्यसले हल्लालाई बढाउँछ । सोही हल्लाखल्लायुक्त आवाजलाई ह्वाइट नोइज भनिन्छ । यसलाई निद्रा ल्याउन, एकाग्रता बढाउन तथा बाहिरी आवाजका कारण ध्यान भंग हुनबाट जोगाउनका लागि प्रयोग गरिन्छ ।

तनाव कसरी थाहा हुन्छ ?

गिलका अनुसार त्यहाँसम्म त सबै कुरा ठीकठाक तथा शान्तिपूर्ण थियो । त्यसपछि चाहीँ सो परीक्षण गर्ने शोधकर्ताले तीनजना अपरिचित व्यक्तिलाई उनको कोठामा बोलाए ।

उनीहरु सबैले चुपचाप गिलको अनुहारमा घुरेर हेर्न थाले । त्यसपछि शोधकर्ताहरुले गिललाई उनीसँग केवल ३ मिनेटमात्रै रहेको र उनले त्यसपछि आफ्नो सपनाको जागिरका बारेमा पाँच मिनेट कुराकानी गर्नुपर्ने बताए ।

हठात् त्यो सुनेपछि उनको घाँटी तात्न थाल्यो । मनोवैज्ञानिकहरुले थर्मल क्यामेराबाट उनको अनुहारको बदलिरहेको रंगको दृश्य कैद गर्न थाले । उनको नाकको तापक्रम तिव्र रुपमा घट्न थाल्यो । त्यसरी तापक्रम घट्दा थर्मल इमेजमा त्यसको दृश्य निलो देखिन्थ्यो ।

उनी भन्छिन्, ‘बिना तयारी पाँच मिनेटमै आफ्नो स्वप्नील जागिरको बारेमा अपरिचित मानिसलाई कसरी बताउने भन्ने तनावले गर्दा मेरो अनुहारमा त्यो परिवर्तन आएको थियो । त्यसपछि चाहीँ मैले बोल्न सुरु गरेँ र आफू अन्तरीक्ष यात्रीहरुको प्रशिक्षण कार्यक्रममा सहभागी हुन चाहेको बताएँ।’

ससेक्स विश्वविद्यालयका शोधकर्ताहरुले २९ जना व्यक्तिहरुमा तनाव पत्ता लगाउने उक्त जाँच (स्ट्रेस टेस्ट) गरेका थिए । त्यसक्रममा अधिकांस सहभागीहरुको नाकको तापक्रम ३ देखि ६डिग्री सम्मले घटेको पाइयो।

गिलका अनुसार उनको नाकको तापमान भने २ डिग्रीले झरेको थियो । आफ्नो स्नायु प्रणालीले रक्तप्रवाह नाकमा घटाएर आँखा तथा कानतर्फ पठाएसँगै नाक चिसो भएको उनको भनाइ छ ।

गिलका अनुसार उनको नाकको तापमान भने २ डिग्रीले झरेको थियो । आफ्नो स्नायु प्रणालीले रक्तप्रवाह नाकमा घटाएर आँखा तथा कानतर्फ पठाएसँगै नाक चिसो भएको उनको भनाइ छ ।

शरीरको त्यो प्रतिक्रिया यसकारण देखिएको थियो ताकि व्यक्तिले खतरालाई देख्न र सुन्न सकोस् ।

उक्त शोधमा सहभागी गराएका अधिकांस व्यक्तिहरुको अनुहारको तापमान छिटै नै सामान्य भयो । केही मिनेटमै त्यो चिसिएको नाक पुनः तातो भयो ।

प्रमुख शोधकर्ता गिलियन फरेस्टरका अनुसार संवाददाता तथा प्रसारक भएको हुनाले सायद गिल त्यस्ता तनावपूर्ण परिस्थ्तििसँग अभ्यस्त थिइन् र उनमा तनावको असर कम देखिएको र तनाव झेल्ने सनहशक्ति अधिक भएको हुनसक्छ ।

किन चिसिन्छ नाक ?

उसो त तनाव हाम्रो जीवनको अभिन्न हिस्सा नै हो। तर वैज्ञानिकहरुका अनुसार उक्त शोधले तनावलाई खतरनाक स्तरसम्म प’नबाट रोक्न सकिने मार्ग प्रसस्त गरेको छ । फरेस्टरका अनुसार नाक चिसिनु भनेको तनावको परिवर्तनको एक विश्वस्त संकेत हो ।

उनी भन्छन्, ‘कुनै व्यक्तिको नाकको तापक्रम सामान्य अवस्थामा आउन जति समय लाग्छ त्यसले उक्त व्यक्तिले आफ्नो तनावलाई कति प्रभावकारी रुपमा सम्हाल्न सक्छ भन्ने देखाउँछ।’

यति चिसिएको नाक तात्नका लागि असामान्य रुपमा ढिलो हुन्छ भने त्यो चिन्ता वा डिप्रेसनको संकेत हुनसक्छ । यसले व्यक्तिमा ती समस्इाको उपचारको आवश्यकता देखाउँछ ।

वास्तवमा यो प्रविधिले कुनै हस्तक्षेप विना केवल शारीरिक प्रतिक्रियाहरुको मापन गर्दछ । त्यसैले यो विधि शिशु लगायतका बोल्न नसक्ने व्यक्तिहरुमा तनावको मापनका लागि समेत उपयोगी हुनसक्छ ।

उक्त शोधमा सामेल २९ जना स्वयंसेवी सहभागीहरुमध्ये केवल एकजनालाई मात्रै बीचमै उक्त परीक्षण छाडेर कोठाबाट बाहिर निस्किन भनिएको थियो । अरु सबैलाई पूर्णरुपमा उक्त परीक्षण कार्यमा सहभागी गराइयो ।

गिलका अनुसार भलै उक्त टेस्टका क्रममा अपमानजनक महसुस भयो, तर अन्तिममा उनीहरुलाई हेडफोनमा शान्तिपूर्वक केही कुरा सुन्न दिइयो ।

चिम्पान्जीलाई भिडियो देखाउँदा के भयो ?

प्राध्यापक फरेस्टरले अक्टोबर १८ मा लण्डनमा भएको न्यू साइन्टिफिक लाइभ इभेन्टमा दशर्क समक्ष तनाव मापन गर्ने यो विधि पेश गरे ।

सायद यो विधिको सबैभन्दा अनौठो कुरा त यो छ कि थर्मल क्यामेराले सरीरका ती स्वभाविक प्रतिक्रियालाई पहिचान गर्दछ जो तनावको समयमा स्वतःस्फूर्त रुपमा उत्पन्न हुन्छन् । ती परिवर्तन केवल मानिसमा मात्र नभएर चिम्पान्जी, गोरिल्ला लगायतका प्राइमेट वर्गमा पर्ने जिवहरुमा समेत देखिन्छन् ।

त्यसैले यो प्रविधिले ती जीवमा पनि काम गर्नसक्छ । शोधकर्ताहरुले हाल यसलाई चिम्पान्जी तथा गोरिल्लाहरुको संरक्षणस्थलहरुमा प्रयोगका लागि तयार गरिरहेका छन् ।

ती जनावहरुको तनावालई कसरी कम गर्ने भन्ने कुरा बुझ्नु उनीहरुको उद्धेश्य छ । उद्धार गरेर ल्याइएका जनावरहरुलाई तनावमुक्त बनाएर राम्रोसँग जिउने वातावरणको सिर्जना गर्नु शोधकर्ताहरुको प्रमुख ध्येय रहेको छ ।

चिसिएको नाक तात्नका लागि असामान्य रुपमा ढिलो हुन्छ भने त्यो चिन्ता वा डिप्रेसनको संकेत हुनसक्छ । यसले व्यक्तिमा ती समस्इाको उपचारको आवश्यकता देखाउँछ ।

अध्ययनका क्रममा जब वयस्क चिम्पान्जीहरुलाई बच्चा चिम्पान्जीहरु भएका भिडियो देखाइयो, त्यसबेला उनीहरु शान्त भए। जब शोधकर्ताहरुले ती चिम्पान्जीको खोर नजिकै ठूलो स्क्रिन राखेर त्यसमा बच्चा चिम्पान्जीहरुको भिडियो चलाइयो, तब उक्त भिडियो हेर्ने चिम्पान्जीहरुको नाकको तापमान बढ्यो र उनीहरु शान्त भए ।

अर्थात् तनावको अवस्थामा स साना जनावरहरुलाई खेलेको देख्नाले अचानक अन्तरवार्ता दिँदा वा हरहिसाब गर्ने कुराले भन्दा नितान्त उल्टो असर पार्दछ ।

त्यसैले वन्यजन्तु आरक्षहरुमा यस्ता थर्मल क्यामराहरुको प्रयोग निकै उपयोगी सावित हुनसक्छ । यसबाट ती जनावरहरुलाई उनीहरुको नयाँ माहाल तथा समूहमा समायोजन हुन मद्दत मिल्छ जसले पहलिेदेखि खराब अवस्थाको सामना गरेका हुन्छन् ।

ससेक्स विश्वविद्यालयकी शोधकर्ता मरिएन पेसली भन्छिन्, ‘यी जनावरहरुले उनीहरु कस्तो महसुस गरिरहेका छन् भन्ने कुरा हामीलाई बताउन सक्दैनन् । कहिलेकाहीँ त उनीहरु आफ्नो वास्तविक अनुभूति लुकाउनमा पनि माहिर हुन्छन् । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?