News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ६८ रनको लक्ष्य दिएको छ।
- अमेरिकाका ओपनर स्मित पटेलले ७५ रन र मिलिन्द कुमारले अविजित ७० रन बनाए।
- नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।
९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई रनको लक्ष्य दिएको छ ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरे ।
यस्तै मिलिन्द कुमारले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्तमा अविजित ७० रन बनाए ।
साइतेजा मुक्काकालाले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मदतमा ४२ रन योगदान गरे ।
४८ रनमा २ विकेट गुमाएको अमेरिकाका लागि स्मित पटेलल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपुर्ण साझेदारी गरेको थिए । यी दु२ ब्या६र क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।
तर स्मित पटेल ३३औं ओभरमा रनआउट हुनु र साइतेजा ३५औं ओभरमा आउट भएपछि अमेरिका दबाबमा परेको थियो ।
तर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै टिमका लागि राम्रो स्कवर बनाउन सहयोग गरे ।
अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन जोडेको थियो ।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
तस्बीर : क्यान
प्रतिक्रिया 4