News Summary
Generated by OK AI. Editorially reviewed.- पहिलो महिला सगरमाथा आरोही जुन्को ताबेईको बायोपिक फिल्म ‘क्लाइम्बिङ फर लाइफ’को विश्व प्रिमियर ३८ औं टोक्यो इन्टरनेसनल फिल्म फेस्टिभलमा गरिएको छ।
- फिल्मले सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो महिलाको रूपमा ताबेईको वास्तविक कथा र २०११ को जापान भूकम्पपछि माउन्ट फुजी यात्रा समेटेको छ।
- निर्देशक जुन्जी साकामोटोको यो ३१ औं फिचर फिल्म अक्टोबर ३१ मा जापानमा रिलिज हुनेछ र महोत्सव अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म टोकियोमा चल्नेछ।
काठमाडौं । पहिलो महिला सगरमाथा आरोही जुन्को ताबेईको बायोपिक फिल्म ‘क्लाइम्बिङ फर लाइफ’को विश्व प्रिमियर ३८ औं टोक्यो इन्टरनेसनल फिल्म फेस्टिभलमा गरिएको छ ।
फिल्मले सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो महिलाको रूपमा इतिहास रचेकी ताबेईको वास्तविक कथालाई वर्णन गर्दछ ।
‘अ कोरस अफ एन्जल्स’ (२०१२) पछि निर्देशक जुन्जी साकामोटोसँग यो फिल्ममा लोकप्रिय जापानी अभिनेत्री योशिनागा सायुरीले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।
यो फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेकी छन् ।
जापान टाइम्स लेख्छ, ‘ जुन्जी साकामोतोको ‘क्लाइम्बिङ फर लाइफ’ एकदमै हेर्न योग्य बायोपिक हो जसले डरलाई चुनौती दन्छ । तर यसले आफ्नो स्टार अभिनेत्री सायुरी योशिनागाको सशक्त अभिनयलाई प्रतिरोध भने गर्न सक्दैन ।’
रिको साकागुचीको पटकथाले जुन्कोको जीवनको अन्तिम वर्षलाई चित्रण गर्छ, जुन कथा उनलाई टर्मिनल क्यान्सर भएको पत्ता लागेपछिको हो ।
यसमा उनले सन् २०११ को ग्रेट इस्ट जापान भूकम्पबाट प्रभावित हाई स्कूलका विद्यार्थीको लागि माउन्ट फुजीको यात्रा गर्ने समयको कथालाई पनि समेटिएको छ ।
‘यो एक प्रेरणादायी सत्य कथा हो जुन एडप्टेसनको लागि योग्य छ । सायद ती सबै पहाडी दृश्य छायांकन गर्ने चुनौती भएकाले नै एनएचकेको श्रृंखलामा समावेश नगरिएको होला’ द जापान टाइम्समा उल्लेख छ ।
‘क्लाइम्बिङ फर लाइफ’ साकामोटोको ३१ औं फिचर हो । उनको फिल्मोग्राफीमा ‘केटी’ (२००२), “जातोइची द लास्ट“ (२०१०), “अनदर वल्र्ड“ (२०१९), र “ओकिकु एन्ड द वल्र्ड“ (२०२३) समावेश छन् ।
‘क्लाइम्बिङ फर लाइफ’ ले ताबेईको ऐतिहासिक सगरमाथा आरोहणको ५० औं वार्षिकोत्सव मनाउँछ । निर्देशक साकामोटोले महोत्सव आयोजकले “मानव लचिलोपन र सहिष्णुतालाई हाइलाइट गर्ने चित्रण“ भनेर वर्णन गरेको कुरा बताएकी छन् ।
किनो फिल्म्स कम्पनी लिमिटेडले यो फिल्म जापानमा वितरण गर्नेछ, जसको थिएटर रिलिज अक्टोबर ३१ मा हुनेछ । यो महोत्सव अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म टोकियोमा चल्नेछ, र फेस्टिभल मार्केट अक्टोबर २९ देखि ३१ सम्म चल्नेछ ।
प्रतिक्रिया 4