News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको शिशु कल्याण माविका तीन जनाविरुद्ध सूचना प्रविधि कार्यक्रमको बजेट हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- आर्थिक वर्ष ०७८/०७९ मा ६ लाख ५० हजार रुपैयाँमध्ये ४ लाख ७१ हजार ६६७ रुपैयाँ हिनामिना भएको अख्तियारले पत्ता लगाएको छ।
- प्रतिवादीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णय बिना दुई लाख ५४ हजार ६६७ रुपैयाँ निकासा गरी विद्यालयमा फिर्ता नगरेको अख्तियारले जनाएको छ।
९ कात्तिक, काठमाडौं । सूचना, प्रविधि कार्यक्रमका लागि आएको बजेट हिनामिना गरेको भन्दै स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल, तत्कालीन लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष ०७८/०७९ मा स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माविमा आईसीटी (सूचना प्रविधि) कार्यक्रमका लागि आएको बजेट उनीहरूले आपसी मिलोमतोमा हिनामिना गरेको पाइएको अख्तियारको ठहर छ ।
कूल बजेटमध्ये ०७९ असार २३ गते सात थान डेस्कटप कम्प्युटर, एक थान प्रोजेक्टर, एक थान ल्यापटप, एक थान प्रिन्टर गरी ६ लाख ७४ हजार ४५ रुपैयाँ खरिद गरेको देखाइएको थियो ।
जसमध्ये दुई थान कम्प्युटर, एक/एक थान प्रिन्टर र प्रोजेक्टर विद्यालयमा नलगी नक्कली दाखिला प्रतिवेदन तयार गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । ६१ हजार ५०० रुपैयाँ दरका दुई कम्प्युटरको कूल १ लाख २३ हजार रुपैयँ, प्रोजेक्टरको ५८ हजार रुपैयँ, प्रिन्टरको गरी २ लाख १७ हजार रुपैयाँ अनियमिता भएको देखिएको अख्तियारले भनेको छ ।
अख्तियारका अनुसार प्रतिवादीहरूले मिलोमतो मै विद्यालय व्यवस्थापन समितिको निर्णय बिनै प्रधानाध्यापकको नाममा दुई लाख ५४ हजार ६६७ रुपैयाँ चेक काटेर विद्यालयको कोषबाट निकासा गरी विद्यालयमा फिर्ता नगरेको पाइएको छ ।
जसअनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक, लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलेर ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा अनियमिता गरेको स्थलगत अनुसन्धानले अख्तियारको दाबी छ ।
प्रतिवादी तीनैजााविरुद्ध ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ बिगो कायम गरी कैद र बिगो रकम असुलउपरको माग गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया 4