+

एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाँदै

२०८२ कात्तिक  १० गते १३:१८ २०८२ कात्तिक १० गते १३:१८
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली जुडो टोली तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन सोमबार बहराइन जाने भएको छ ।
  • जुडो प्रतिस्पर्धा अक्टोबर २९ देखि सुरु हुने छ र समिताले महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्ने छिन् ।
  • नागर्जुन नगरपालिका वडा १ का अध्यक्ष रामेश्वर लामाले पदक जितेमा समितालाई २५ हजार नगद सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।

१० कात्तिक, काठमाडौं । तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ ।

जुडोमा समिताले महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।

समिताको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् ।

टोलीलाई नागर्जुन नगरपालिका वडा १ ले आइतबार बिदाइ गरेको थियो । वडा १ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रुपमा २५ हजार नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।

एसियाली युथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन जाने छन् ।

एसियाली युथ गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय