News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको लिग खेलमा श्रीलंकासँग ३-० को सेटमा पराजित भयो।
- नेपालले लिगमा ४ खेलमा हार व्यहोरेर पाँचौं स्थानमा रहँदा पदक जित्ने लक्ष्य पूरा हुन सकेन।
- नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली खेल्नेछ।
१० कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ ।
ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा सहजे पराजित भयो ।
श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गर्यो ।
सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालको लिगमा यो चौथो हार हो । नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदा अन्य खेलमा पराजित भयो । यसअघि नेपाल तुर्कमेनिस्तान रअफगानिस्तानसँग पनि सोझो सेटमे पराजित भएको थियो भने बंगलादेशसँग ५ सेटमा पुगेर ३-२ ले पराजित भएको थियो ।
नेपालले कम्तीमा एक पदक जित्ने लक्ष्य लिएर बंगलादेश गएपनि ४ खेलमा हार पछि लक्ष्य पुरा हुन सकेन । श्रीलंका विरुद्धको खेल नेपालका लागि महत्वपुर्ण थियो । यदी नेपालले श्रीलंकालाई हराएर लिगमा चौथो स्थानम उक्लेको भए तेस्रो स्थानको प्लेअफका लागि खेल्ने अवसर पाउँथ्यो । तर अब त्यो सम्भावना पनि टरेको छ ।
लिग चरणमा ५ खेलबाट ४ अंक जोडेको नेपाल पाँचौ स्थानमा रह्यो । अब नेपालले पाँचौ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली मंगलबार खेल्नेछ ।
प्रतिक्रिया 4