+
+
Shares

अर्घ्यको दाउरा लिएर छठघाटमा पूर्वमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १२:१८

१० कात्तिक, वीरगञ्ज । आज छठ पर्वको मुख्य दिन । देशभर छठीमाताको पूजाआजा गर्दै पर्व मनाइएको छ ।

यसैबीच जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादव आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा दउरा लिएर सहभागी भएका छन् ।

पूर्वमन्त्री यादवले परिवारका सदस्यहरूसँग मिलेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गरेका छन् ।

यादवले सामाजिक सञ्जालमा आफ्नो दउरा बोकेर छठ घाटतर्फ गइरहेको भिडियो र तस्बिरहरू पोष्ट गर्दै सम्पूर्ण देशवासीलाई छठको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

‘लोक आस्था र प्रकृति पूजनको प्रतीक महान् पर्व छठको पावन अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्न आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा परिवारसँगै “दउरा” लिएर पुग्ने सौभाग्य प्राप्त भयो,’ उनले भनेका छन् ।

उपमहासचिव यादवले छठ पर्वले समाजमा भाइचारा, एकता र प्रेमको भावना सृजना गर्ने बताउँदै नयाँ पुस्तालाई छठको महत्त्व र यसका सांस्कृतिक पक्षहरू बुझाउनुपर्ने आवश्यकता औंल्याए ।

मधेश प्रदेशको सर्वाधिक श्रद्धाको पर्व छठ यहाँका प्रत्येक घरमा उल्लासपूर्वक मनाइन्छ । यो पर्व मधेसको सांस्कृतिक आस्थाको प्रतीक हो, जसलाई ठूला होस् वा साना, सबैले समान श्रद्धा र भक्ति भावले मनाउने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?