+
+
Shares

कमलपोखरी पुगेर छठ पूजामा सहभागी भइन् प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १६:३६

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् ।

प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी छिन् ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?