News Summary
Generated by OK AI. Editorially reviewed.- इटालियन क्लब युभेन्ट्सले सिरी ए अन्तर्गत लाजियोसँग पराजयपछि प्रशिक्षक इगोर टुडोरलाई बर्खास्त गरेको छ।
- टुडोर मार्चमा प्रशिक्षक बनेका थिए र सात महिनापछि खराब प्रदर्शनका कारण बर्खास्त भएका हुन्।
- युभेन्ट्सले टुडोरलाई धन्यवाद दिएको छ र मासिमिलियानो ब्राम्बिलाले प्रशिक्षण सम्हाल्ने जानकारी दिएको छ।
११ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले प्रशिक्षक इगोर टुडोर बर्खास्त गरेको छ ।
इटालियन सिरी ए अन्तर्गत गएराती लाजियोसँग १-० ले पराजित भएपछि युभेन्ट्सले टुडोरलाई बर्खास्त गरेका हुन् ।
४३ वर्षीय क्रोएसियन प्रशिक्षक टुडोर मार्चमा थियागो मोट्टाको स्थानमा य्भेन्ट्सको नयाँ प्रशिक्षक बनेका थिए । तर खराब प्रदर्शनपछि सात महिनापछि नै उनी बर्खास्तीमा परे ।
टुडोरको प्रशिक्षणमा युभेन्ट्स पछिल्लव आठ खेलमा जितविहिन छ र सिरी ए को अंक तालिकामा आठौं स्थानमा छ ।
लाजियोसँगको हार युभेन्ट्सका लागि सबैखाले प्रतियोगितामा गरी लगातार तेस्रो हार हो ।
युभेन्ट्सले स्टेटमेन्ट जारी गर्दै टुडोरलाई धन्यवाद दिएको छ र भविष्यका लागि शुभकामना पनि दिएको छ ।
सिरी ए अन्तर्गत बुधबार हुने उडीनेसीको विरुद्धको खेलका लागि युभेन्ट्सले मासिमिलियानो ब्राम्बिलाले टिमको प्रशिक्षण सम्हाल्ने युभेन्ट्सले जनाएको छ ।
युभेन्ट्स लिगमा शीर्ष स्थानको नापोली भन्दा ६ अंकले पछि छ । पछिल्लो पाँच लिग खेलमा युभेन्ट्सले जित हात पार्न सकेको छैन ।
यस्तै च्याम्पियन्स लिगमा युभेन्ट्स २५औं स्थानमा छ ।
प्रतिक्रिया 4