+

काभा कप पुरुष भलिबल : माल्दिभ्सलाई हराएर नेपाल पाँचौ

२०८२ कात्तिक  ११ गते ११:४६ २०८२ कात्तिक ११ गते ११:४६
काभा कप पुरुष भलिबल : माल्दिभ्सलाई हराएर नेपाल पाँचौ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ ।
  • पाँचौ स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-१ सेटमा पराजित गर्‍यो ।
  • लिग चरणमा नेपालले तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग हार व्यहोरेको थियो ।

११ कात्तिक, काठमाडौं ।  बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ भएको छ ।

ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धातमक बनेको पहिलो सेट टाईब्रेकमा २९-२७ ले आफ्नो पक्षमा पार्दै नेपालले १-० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै नेपालले २-० को अग्रता बनाएको थियो । तर तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा टाईब्रेकमा ३७-३५ ले माल्दिभ्सले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमनको प्रयास गरेको थियो । तर चौथो सेटमा सुरुवात देखि नै हावी बनेको नेपालले उक्त सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक पराजित गरेको हो । लिग चरणमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । लिग चरणमा नेपाल एक खेल जितेर पाँचौ तथा सबै पाँच खेल हारेको माल्दिभ्स छैटौं भएको थियो ।

लिग चरणमा नेपालले तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग भने हार व्यहोरेको थियो ।

आजै तुर्कनेमिस्तान र अफगानिस्तानबीच उपाधिका लागि खेल हुनेछ यस्तै आयोजक बंगलादेश र श्रीलंका तेस्रो स्थानका लागि भिड्नेछन् ।

काभा कप पुरुष भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय