+
+
Shares

सेनाले बर्खास्त गरेका शाही जेनजी आन्दोलनमा उद्दण्ड मच्चाउने नाइके

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ११:०४
जेनजी आन्दोलनका बेला जलाइएका गाडीहरू ।

११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा उद्दण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति सेनाको बर्खास्तीमा परेको खुलेको छ ।

आगजनी, तोडफोड र लुटपाटमा संलग्न्न भएको आरोपमा प्रहरी सोमबार मीनभवनबाट कञ्चनपुरको बेलौरी नगरपालिका-१ घर भएका २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरेको थियो । काठमाडौंको धापासी कृष्ण मन्दिर बस्दै आएका उनी भने सेनाको बर्खास्तीमा परेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीले बताए ।

२०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका उनी २०७५ मा बर्खास्तीमा परेको खुलेको छ । चालकको रुपमा नक्कली लाइसेन्स पेश गरेको खुलेपछि उनी बर्खास्तीमा परेका थिए । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

२४ भदौको जेनजी आन्दोलनमा उनी प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेको भिडिओमा देखिएको प्रहरीले बताएको छ । उनले बानेश्वरमा रहेको ग्लोबल कलेजमा प्रवेश गरेर पनि लुटेको पाइएको प्रहरीले बताएको छ ।

उनले प्रहरीको एक थान मोटरसाइकल, प्रहरीको राइट कन्ट्रोल गियर, ग्लोबल कलेजमा रहेको २ थान ट्रफी, गाडीको ड्यासबोडमा राख्ने गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?