+
+
Shares

महाराजगञ्ज भाटभटेनीस्थित लक्ष्मी सनराइज बैंक शाखा नष्ट भए पनि लकर सुरक्षित

महाराजगञ्ज भाटभटेनीसँगै रहेको लक्ष्मी सनराइज बैंकको शाखासमेत पूर्णरूपमा नष्ट भएको छ । तर, उक्त शाखाको लकर भने पूर्ण सुरक्षित रहेको बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा भाटभटेनीका २१ शाखा क्षति पुगेका थिए, जसमा १२ पूर्णरूपमा नष्ट र ९ मा तोडफोड भएको छ।
  • महाराजगञ्ज भाटभटेनीमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा पूर्णरूपमा नष्ट भए पनि लकर सेवा सुरक्षित रहेको बैंकले जनाएको छ।
  • लकर सेवामा रहेको सामान सुरक्षित रहेको पुष्टि गर्न बैंकले १७० ग्राहकलाई जानकारी गराएको छ।

१० कात्तिक काठमाडौं । जेनजी आन्दोलन क्रममा भाटभटेनी सुपर स्टोरका धेरै शाखा जलाइए । भाटभटेनीमा आगजनी र तोडफोड हुँदा बैंकहरूका शाखा कार्यालय र एटीएम समेत बचेनन् ।

जेनजी आन्दोलनमा भाटभटेनीका मात्रै २१ वटा आउलेटमा क्षति पुगेको थियो । त्यसमध्ये १२ वटा पूर्णरूपमा नष्ट भएका छन् भने ९ वटामा तोडफोड र लुटपाट भएको छ ।

महाराजगञ्ज भाटभटेनीसँगै रहेको लक्ष्मी सनराइज बैंकको शाखासमेत पूर्णरूपमा नष्ट भएको छ । तर, उक्त शाखाको लकर भने पूर्ण सुरक्षित रहेको बैंकले जनाएको छ ।

बैंकको विशेषता भनेको पैसाको सुरक्षा गर्ने अर्थात् चोरी तथा आगलागी समेत बचाउने हो । बैंकले पैसा निक्षेपका रूपमा राख्नु र कर्जा प्रदान गर्नुका अलावा थुप्रै सेवा प्रदान गरेको हुन्छ ।

पछिल्लो समय निकै प्रभावकारी मानिएको ‘सेफ डिपोजिट लकर सेवा’ अन्यभन्दा निकै नै सुरक्षित हुने जेनजी आन्दोलन क्रममा पनि स्पष्ट भएको छ ।

बैंकहरूले लकर सेवामा ग्राहकको महत्त्वपूर्ण कागजात, बहुमूल्य धातु तथा गहना सुरक्षित राख्न विशेष प्रकारको पूर्वाधार बनाएका हुन्छन् । यो सेवाको माग प्रत्येक वर्ष बढिरहेको लक्ष्मी सनराइज बैंकका एक अधिकारीले बताए ।

लकर सेवा दिन बैंकहरूले सुरक्षाका उच्च मापदण्ड सहित लकर–घर बनाएका हुन्छन् । चोरी, डकैती हुने सम्भावना त हुँदैन नै आगलागी भइहाले पनि लकरमा राखिएका सामान सुरक्षित होस् भनी निकै सर्तकता साथ साथ लकर–घर बनाइने ती अधिकारीले बताए ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनले बैंकहरूको लकर सेवाको विश्वसनीयता झनै बढेको ती अधिकारीको भनाइ छ ।

यसै सन्दर्भमा महाराजगञ्ज भाटभटेनी डिपार्टमेन्टल स्टोरमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा आगजनीमा पूर्ण नष्ट भएको छ । लकर सेवा दिँदै आएको उक्त शाखामा कार्यरत एक उच्च अधिकारीले अनुसार जेनजी आन्दोलनबाट शाखा बचाउन नसके पनि लकर भने सुरक्षित रहेको बताए ।

आन्दोलनमा सरकारी कार्यालय र निजी व्यवसायमा आगजनी र लुटपाटका घटना बढ्न थालेपछि आफ्नो शाखाको लकरको चिन्ता बढेको बैंकका ती कर्मचारी सुनाउँछन् ।

त्यसका लागि बैंकको सोही शाखाका उच्च तहका कर्मचारीले केन्द्रीय कार्यालयमा समन्वय गरेर सुरक्षाकर्मीलाई सजग रहन र आन्दोलनकारी आए विनम्रतापूर्वक प्रस्तुत हुन निर्देशन दिइरहेको उनले बताए ।

लुटपाट र आगजनी बढेका खबर आउन थालेपछि बैंक तथा वित्तीय संस्थालाई सुरक्षा चुनौती बढेको थियो । लक्ष्मी सनराइज बैंककै कुरा गर्दा विभिन्न एटीएममा तोडफोड तथा आगजनी भएका थिए ।

त्यसक्रममा बैंकका सुरक्षाकर्मी आन्दोलनकारीलाई छलेर तत्कालीन अवस्थाबारे बैकका सुरक्षा प्रमुख र शाखा प्रबन्धकलाई जानकारी गराइराखेको ती कर्मचारीले बताए ।

‘आफूले काम गर्ने शाखा ह्वारह्वार्ती बलिरहेको खबरले स्तब्ध बनायो, त्योभन्दा बढी त ग्राहकको लकरलाई लिएर चिन्ता थियो,’ जेनजी आन्दोलको त्यो दिन सम्झँदै बैंककी शाखा प्रबन्धक भन्छिन्, ‘एकपछि अर्को गरी लकरका सेवाग्राहीबाट सोधपुछ हुन थाल्यो, लकरको चिन्ता गर्ने ग्राहकलाई लकर सुरक्षित हुने आश्वासन दिइरहेका थियौं ।’

बैकका सबै शाखामा लकर सेवा हँुदैन । लकर सेवा दिने शाखा स्थापना गर्ने बेलामा नै चोरी तथा तोडफोडबाट क्षति नहोस् भनी जोखिम व्यवस्थापनका उपय अवलम्बन गरी पूर्वाधार निर्माण गरिएको हुन्छ ।

बैंकका लकरका कतिपय ग्राहक २४ भदौ राति शाखा अगाडिको बाटोमा लुटपाट हुने हो कि भन्ने डरले कुरेर बसिरहेको शाखा प्रबन्धकको भनाइ छ ।

सैनिक गस्ती सुरु नहुदाँसम्म ग्राहक शाखा वरिपरि बसेको उनले बताइन् । उनका अनुसार २५ भदौ बिहानै आगोले क्षति पुगेको शाखामा पुग्दा राप र धुँवा अझै बाँकी रहेको उनले सुनाइन ।

‘भित्र जान सकिने स्थिति थिएन, बिस्तारै ग्राहक आउन थालिसकेको अवस्था थियो, राप कम भएपछि हामी लकर खोलेर हेर्छौं र खबर गर्छौ भन्दै ग्राहकलाई फिर्ता पठायौं,’ उनले भनिन्, ‘कतिपय ग्राहक परिस्थिति बुझेर सहयोग गरिरहनुभएको थियो भने कतिपय निकै चिन्ताले गर्दा होला संयमित हुन सकिरहनुभएको थिएन, त्यत्रो शाखा जलेको थियो, हामीलाई अरू सरसामानको चिन्ता भन्दा लकरका सेवाग्राहीलाई लकरमा प्रवेश गराइ सामान सुरक्षित छ भनी आश्वस्त पार्ने नै मुख्य चुनौती थियो ।’

२६ भदौमा मात्र लकरमा प्रवेश गर्न सकेको उनले बताइन् । ‘बिजुलीको अभावमा लकर–घर अँध्यारो थियो, कर्मचारी र सुरक्षाकर्मीले आफ्नै मोबाइलको टर्च बालेर भित्र गए, भित्र सबै कुरा एकदमै सुरक्षित थियो,’ उनले भनिन्, ‘त्यसपछि केही ग्राहकलाई तुरुन्तै बोलाएर लकरभित्रको सामान हेर्न भन्यौं, सामान पनि सुरक्षित रहेछ ।’

लक्ष्मी सनराइजको उक्त शाखाबाट तीन दिन समय लगाइ १ सय ७० ग्राहकलाई लकरमा रहेको सामान सुरक्षित रहेको जानकारी गराएको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?