 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले गायिका नितु पौडेल मृत्यु घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- गिरीलाई पौडेलका आफन्तको जाहेरीको आधारमा पक्राउ गरिएको थियो र उनीहरूले झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीसँगको बयानमा स्वीकारेका छन्।
- कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा पौडेलले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन् र कात्तिक ७ गते कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो।
काठमाडौं । गायिका नितु पौडेल मृत्युको घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
पौडेलका आफन्तको जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । बाबुल र नितु झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
उपचारका क्रममा कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले पौडेलसँगको प्रेम सम्बन्ध स्वीकारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4