+

क्रिकेटर जेम्स एन्डरसनले पाए राजकुमारीबाट ‘नाइटहूड’ सम्मान

२०८२ कात्तिक  १२ गते १२:११ २०८२ कात्तिक १२ गते १२:११
क्रिकेटर जेम्स एन्डरसनले पाए राजकुमारीबाट ‘नाइटहूड’ सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले विंडसर क्यासलमा राजकुमारी एनीबाट नाइटहूड उपाधि प्राप्त गरेका छन्।
  • एन्डरसनलाई क्रिकेटमा योगदानका लागि ४३ वर्षको उमेरमा सर उपाधि दिइएको हो।
  • उनले २०२४ जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएर घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

१२ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका महान् बलर जेम्स एन्डरसनले राजकुमारी एनीबाट नाइटहूड (सर) उपाधि प्राप्त गरेका छन्। यो सम्मान समारोह विंडसर क्यासलमा सम्पन्न भएको हो।

४३ वर्षीय एन्डरसनलाई गत अप्रिलमा तत्कालीन प्रधानमन्त्री ऋषि सुनकको सम्मान सूचीमा समावेश गरिएको थियो। उनीलाई क्रिकेटमा पुर्‍याएको योगदानका लागि यो उपाधि दिइएको हो। अब उनी ‘सर जेम्स एन्डरसन’बाट पनि चर्चित हुनेछन् ।

एन्डरसनले २०२४ जुलाईमा लर्ड्समा भएको खेलपछि २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर समाप्त गरेका थिए। उनले टेस्ट क्रिकेटमा ७०४ विकेट लिए जसले उनलाई विश्वकै सबैभन्दा सफल पेस बलर बनाएको छ। समग्रमा उनी श्रीलंकाका मुथैया मुरलीधरन (८०० विकेट) र अस्ट्रेलियाका शेन वार्न (७०८ विकेट) पछि तेस्रो स्थानमा छन्।

एन्डरसनले एकदिवसीय क्रिकेटमा पनि २६९ विकेट लिएका छन्, जुन अझै पनि इंग्ल्यान्डका लागि रेकर्ड हो।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले २०२४ मा लान्शायरका लागि घरेलु क्रिकेट खेल्दै उत्कृष्ट प्रदर्शन गरे। एक दशकपछि टी–२० क्रिकेटमा फर्किएका एन्डरसनले क्लबलाई एडजबास्टनमा भएको फाइनल्स डे सम्म पुर्‍याउन मद्दत गरे।

त्यसपछि उनलाई ‘म्यानचेस्टर ओरिजिनल्स’ टिमले हन्ड्रेड प्रतियोगितामा वाइल्डकार्डका रूपमा अनुबन्ध गरेको थियो । उनी हाल पनि २०२५ सिजनमा काउन्टी क्रिकेट खेल्नेबारे छलफलमा रहेका छन्।

जेम्स एन्डरसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय