News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकले विगत वर्षहरूमा संकलन गरेको ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्ति रकम निवर्तमान जीवित देवी कुमारी तृष्णा शाक्यलाई हस्तान्तरण गरेको छ।
- बैंकले निवर्तमान कुमारीको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष एक लाख रुपैयाँ छात्रवृत्ति स्वरुप रकम प्रदान गर्दै आएको छ।
- छात्रवृत्तिको उद्देश्य निवर्तमान कुमारीको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
१२ चैत, काठमाडौं । कुमारी बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।
बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष बैंकले एक लाखको दरले छात्रवृत्ति स्वरुप रकम प्रदान गर्दै आएको छ ।
एक कोष खडा गरी सो रकम जम्मा हुँदै आएको छ । यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ ।
सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4