+

पुरुष फुटबल टिमका प्रशिक्षक रोसले दिए राजीनामा

२०८२ कात्तिक  १३ गते ८:४८ २०८२ कात्तिक १३ गते ८:४८
पुरुष फुटबल टिमका प्रशिक्षक रोसले दिए राजीनामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले १३ कात्तिकमा राजीनामा दिएका छन्।
  • अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिएका छन्।
  • रोसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् र उनको राजीनामाको कारण खुलाइएको छैन।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिए ।

यसअघि गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु हुन लाग्दा प्रशिक्षक नियुक्त भएका रसले राजीनामा दिनुको कारणबारे खुलेको छैन ।

रसको आगमनपछि नेपाली फुटबल टोलीले खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा १ जित हात पार्दा २ बराबरी र ४ हारको नतिजा आएका छन् ।

रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिंगापुरलाई हराएको थियो भने त्यसपछि जित निकाल्न सकेको छैन ।

एन्फा म्याट रोस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय