+
+
Shares

मोरङमा एक सातामा दुई कैदीबन्दीको मृत्यु, समस्या उस्तै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मृत्यु भएको छ।
  • २० वर्षीय मुस्कान दनुवार जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए।
  • ३२ वर्षीय गोपाल सापकोटा लागुऔषध मुद्दाका बन्दी थिए र उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएका हुन्।

१३ कात्तिक, विराटनगर । जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मुत्यु भएको छ ।

जिल्ला कारागार मोरङका अनुसार बिहीबार बिहान एक जना कैदीको मृत्यु भएको हो । गत शुक्रबार राति एक जना बन्दीको मृत्यु भएको थियो ।  दुवै कैदीबन्दीको स्वास्थ्य समस्या भने एउटै छ । कारागार प्रशासनका अनुसार दुवैको शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या थियो।

मोरङको उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए । उनलाई बुधबार कोशी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

गत शुक्रबार राति नोबेल शिक्षण अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको थियो । सापकोटा लागुऔषध मुद्दाका बन्दी  थिए ।

शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि असोज २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि कात्तिक ६ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कात्तिक ८ गते राति मृत्यु भएको थियो ।

मोरङ कारागारमा जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय बढी कैदीबन्दी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?