 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- निरन्तर वर्षाका कारण तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी-पहिरोले अवरुद्ध भएका छन्।
- पाँचथर र धनकुटाको सिमाना नावा खोलामा बाढी आएपछि तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ।
- मोन्था चक्रवातको आंशिक प्रभावका कारण इलामसहितका जिल्लामा जोखिम बढेपछि प्रशासनले मेची राजमार्गमा सवारी आवागमन रोक लगाएको छ।
काठमाडौं । निरन्तरको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् । तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी-पहिरोका कारण अवरुद्ध भएका छन् ।
पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैगरी मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ । गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो ।
मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।
पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4