+
+
Shares

डा. सुरेन्द्र भण्डारीले फिर्ता लिए दल दर्ताको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १०:५५

१४ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दल दर्ताको निवेदन फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

यसअघि गत असोज ९ गते भण्डारीले ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताको निवेदन दिएका थिए । बिहीबार निर्वाचन आयोग पुगेर उनले दल दर्ताको निवेदन फिर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिँदा ५४ जना सदस्य थिए । देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्ने नागरिकहरू भेला भएर मूलधारको राजनीतिक दल गठन गरिएको दाबी गर्दै भण्डारी निर्वाचन आयोग पुगेका थिए ।

२१ औँ शताब्दीमा गरिबी सैह्य नहुने र राजनीति संविधानवादको सिमानाभित्र सीमित हुनुपर्ने भन्दै दल दर्ता गर्न अगाडि सरेका भण्डारी केही दिनमै दल दर्ताको निर्णयबाट पछाडि हटेका हुन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल दर्ताको निवेदन फिर्ताको मागमाथि निर्णय हुन बाँकी छ । घिमिरेले अनलाइनखबरसँग भने, ‘दल दर्ताको निवेदन फिर्ता लिन निवेदन आएको छ । तर, फिर्ताको निवेदनमाथि निर्णय हुन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?