 
																			१४ कात्तिक, काठमाडौं । रौतहट र धनुषामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–७ हस्पिटल चोकस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय राहुल बैठाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी धनुषाको मिथिला नगरपालिका–३ मधु पेट्रोलपम्पस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ ।
हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको बिहीबार बेलुकी मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4