+
+
Shares

ललितपुरबाट चितुवाको छालासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १२:१८
सांकेतिक फोटो

१४ कात्तिक, ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफेबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका–५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका–६ बस्ने ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई एकथान चितुवाको छालासहित बिहीबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?