+
+
Shares

हुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १५:०४
ताक्लाकोट बजार

१४ कात्तिक, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई मात्र सीमा पास उपलब्ध गराउने भएको छ ।

हुम्ला प्रशासनले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई छिमेकी देश चीनको ताक्लाकोट बजार जाने अस्थायी सीमा पास दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले जिल्ला बाहिरबाट बसाइँसराइँ गरेर हुम्ला आएको एक वर्षपछि मात्रै सम्बन्धितलाई अस्थायी सीमा पास दिने निर्णय गरेको छ ।

बझाङ, बाजुरा लगायतका जिल्लाका बासिन्दा बसाइँ सरेर हुम्ला आउने गरेकाले उनीहरूलाई तत्कालै सीमा नदिने भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जनाकारी दिए ।

जिल्लास्थित सरोकारवाला र जनप्रतिनिधिहरू लगायतको उपस्थितमा यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?