+
+
Shares

माओवादीको बैठक चलिरहँदा पेरिसडाँडा पुगे एकीकृत समाजवादीका नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १७:४५

१५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको सचिवालय बैठक चलिरहेका बेला एकीकृत समाजवादीका नेताहरू बैठकस्थल पेरिसडाँडा पुगेका छन् ।

एकीकृत समाजवादीका नेताहरू बेदुराम भुसाल र प्रमेश हमाल माओवादी केन्द्रको मुख्यालय पेरिडाँडाँ पुगेका हुन् । जहाँ माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठक भर्खरै सकिएको छ ।

सचिवालय बैठकमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत सहभागी छन् । जनार्दन शर्मा भने आफ्नो कुरा राखेर निस्किसकेका छन् ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका नेताहरूसँग छलफल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?