+
+
Shares

एमाले महाधिवेशनमा युवालाई पनि आरक्षण, कहाँबाट कति प्रतिनिधि ?  

१२ सय सदस्य बराबर ४ जना प्रतिनिधि चयन हुनेछन् । यसमा एक महिला र एक जना ४० वर्ष मुनिका युवा आउने छन् । अर्थात् कम्तिमा १६५ जना युवा एमालेको प्रतिनिधि चयन हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १९:३९

१५ कात्तिक, काठमाडौ । नेकपा एमालेले महिला, मजदुर र दलितसँगै ४० वर्ष मुनिका युवाहरूलाई पनि कोटा छुट्याएर प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुन्डुमा बसेको सचिवालय बैठकले ४० वर्ष मुनिका युवाहरूलाई निश्चित कोटा छुट्याउने निर्णय गरेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गर्दा एक महिला र एक जना ४० वर्ष मुनिका युवा छनोट हुनेछन् ।

१२ सय सदस्य बराबर ४ जना प्रतिनिधि चयन हुनेछन् । यसमा एक महिला र एक जना ४० वर्ष मुनिका युवा आउने छन् । अर्थात् कम्तिमा १६५ जना युवा एमालेको प्रतिनिधि चयन हुनेछन् ।

१२ सय भन्दा बढी सदस्य भएका निर्वाचन क्षेत्रहरूमा भने हरेक ८ सय बराबर थप एक प्रतिनिधि चयन हुनेछन् । त्यसरी छनोट हुने प्रतिनिधिमा खुला प्रतिस्पर्धा हुनेछन् । दलित समुदायका निम्ति हरेक जिल्लाबाट एक जना प्रतिनिधि आउनेछन् । गैरभूगोल सहित ८१ जना प्रतिनिधि सुनिश्चित गरिएको नेताहरूले बताएका छन् ।

प्रतिनिधि आउने अर्को क्षेत्र प्रदेश हो । गैरभूगोल सहित ९ प्रदेशबाट २ महिला सहित ५ जनाका दरले प्रतिनिधि चयन हुनेछन् । ११ वटा विशेष जिल्ला कमिटीबाट ४७ जना प्रतिनिधि ल्याउने निर्णय भएको छ ।

मजदुरका निम्ति सात प्रदेशबाट ७ जनाका दरले ४९ जना प्रतिनिधि आउनेछन् । जनसंगठन तर्फ भने महासंघबाट ८ जना र संघबाट ५ जना प्रतिनिधि आउने मापदण्ड बनाइएको छ । यसर्थ ७ वटा महासंघबाट ४९ जना र अरु १६ जनसंगठनबाट ८० जना प्रतिनिधि आउनेछन् ।

केन्द्रीय विभागबाट ३९ जना, प्रवासबाट ३० जना, अनुसशासन आयोगबाट २९ जना, लेखा आयोगबाट ३० जना, निर्वाचन आयोगबाट २५ जना र सल्लाहकार परिषदबाट २५ जना प्रतिनिधि आउनेछन् । महाधिवेशबाट ३५४ जना केन्द्रीय सदस्य स्वत: प्रतिनिधि हुनेछन् ।

महाधिवेशन प्रतिनिधि चयन १३ मंसिरमा एकैदिन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । प्रतिनिधिहरूको अन्तिम टुंगो लागेपछि निश्चित प्रतिशत मनोनीत हुनेछन् । नेताहरूका अनुसार एघारौं महाधिवेशनमा २२ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?