+
इंग्लिस प्रिमियर लिग :

अग्रता बढाउँदै आर्सनल

२०८२ कात्तिक  १५ गते २३:०७ २०८२ कात्तिक १५ गते २३:०७
अग्रता बढाउँदै आर्सनल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले बर्नलीलाई २-० ले हराउँदै १० खेलमा २५ अंक बनाएको छ।
  • आर्सनलको जितमा भिक्टोर ग्योकेरेस र डेक्लान राइसले १-१ गोल गरेका थिए।
  • दोस्रो स्थानमा बर्नमाउथ १८ अंकसहित छ भने टोटनहाम र सन्डरल्यान्ड १७-१७ अंकमा छन्।

१५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

शनिबार बेलुका भएको खेलमा बर्नलीलाई २-० ले हराउँदै आर्सनलले आठौं जित निकालेर २५ अंक पुर्‍याएको छ ।

आर्सनलको जितमा भिक्टोर ग्योकेरेस र डेक्लान राइसले १-१ गोल गरे । १४औं मिनेटमा ग्योकेरेस तथा ३५औं मिनेटमा राइसले गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १० खेलमा २५ अंक भएको हो । बर्नलीको १० खेलमा १० अंक छ ।

आर्सनलभन्दा पछाडि दोस्रोमा बर्नमाउथले ९ खेलमा १८ अंक जोडेको छ । तेस्रोमा टोटनहाम १७ अंकका साथ छ भने चौथोमा सन्डरल्यान्डको पनि १७ अंक छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय