१६ कात्तिक, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–१ भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति झरनाबाट तम्घासतर्फ आउँदै गरेको लु५६प ८४२६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका रेसुङ्गा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।
मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडाका २७ वर्षीय मोहनसिं बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
दुर्घटनामा परेको मोटरसाइकल मदनभण्डारी राजमार्गको पक्की सडकबाट १५ मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4