+
+
Shares

कामना सेवा विकास बैंकको नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.९२ प्रतिशतले बढेको छ।
  • निष्क्रिय कर्जा अंश ३.९६ प्रतिशतबाट ४.४१ प्रतिशतमा बढेको छ भने आधार दर ८.२३ प्रतिशतबाट ६.५५ प्रतिशतमा झरेको छ।

१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा १२.९२ प्रतिशत बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १७ करोड ४९ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी बढ्दा नाफा बढेको हो । खुद ब्याज आम्दानी पहिले ५१ करोड ८७ लाख रुपैयाँ रहेकोमा अहिले ६१ करोड ७६ लाख रुपैयाँ छ । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४.०१ रुपैयाँ हो । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा छ ।

बैंकको निष्क्रिय कर्जा केही बढेको छ । गत वर्षको असोज मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.९६ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.४१ प्रतिशत छ । घट्दो ब्याजदरले आधार दर घटेको छ । आधार दर पहिले ८.२३ प्रतिशत रहेकोमा अहिले ६.५५ प्रतिशतमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?