News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।
- ठूला १० ब्रोकरमार्फत ४ अर्ब २८ करोडको खरिद र ४ अर्ब ४० करोडको बिक्री भएको छ।
- डायनामिक र त्रिशक्तिबाट हिमालयन बैंक संस्थापक सेयरको उच्च कारोबार भएको छ।
१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भयो ।
यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ४७ प्रतिशत रह्यो । ठूला १० ब्रोकरमार्फत मात्रै यस दिन ४ अर्ब २८ करोडको धितोपत्र खरिद हुँदा ४ अर्ब ४० करोडको बिक्री भयो । यो रकम ती ब्रोकरको कारोबार प्रणाली प्रयोग गरेर लगानीकर्ताले गरेको किनबेच हो । ठूला १० ब्रोकरमार्फत यस दिन खरिदभन्दा बिक्री धेरै भएको छ ।
५ मार्फत बिक्री धेरै हुँदा ५ मार्फत खरिद धेरै भएको छ । डायनामिक, नासा, भिजन, अनलाइन र क्यापिटलमार्फत खरिद बढी भएको छ । त्यस्तै त्रिशक्ति, भृकुटी, सनी, श्रीहरि र इम्पेरियलमार्फत बिक्री बढी भएको छ ।
डायनामिकमार्फत हिमालयन बैंक संस्थापक सेयरको उच्च बिक्री हुँदा सोही सेयर त्रिशक्तिमार्फत खरिद भएको छ । यसले गर्दा यी दुई कम्पनी कारोबारमा आधारमा सबैभन्दा माथि रहे ।
ठूला १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, बुटवल पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा लगायत कम्पनी अगाडि छन् ।

प्रतिक्रिया 4