+
+
Shares

झलनाथ–घनश्याम पक्षधर पनि फुट्यो, रामकुमारी सहितको छुट्टै समूह

श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा.वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतले छुट्टै छलफल गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीभित्र झलनाथ खनाल र घनश्याम भूसाल समूह विभाजित भएको छ।
  • नेता कृष्णकुमार श्रेष्ठले माधव नेपालले माओवादीमा जान निर्णयमा असहमति जनाएका छन्।
  • श्रेष्ठले एमालेमा १०० जना पुरानै घर फर्कने योजना रहेको र सहज वातावरण आवश्यक रहेको बताए।

१६ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीभित्र अर्को समूह पनि बनेको छ ।

अध्यक्ष माधव नेपालको निर्णयमा विमति राखेर बनेको झलनाथ खनाल र घनश्याम भूसाल समूह पनि विभाजित भएको हो । ‘झलनाथ खनाल र घनश्याम भूसालको समूहमा नरहने भयौं,’ नेता कृष्णकुमार श्रेष्ठले भने, ‘हाम्रो अर्कै तयारी चलिरहेको छ । केही दिनभित्रै टुंगोमा पुग्छौं ।’

श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा.वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतले छुट्टै छलफल गरिरहेका छन् ।

‘माधव नेपालले माओवादीमा जान जसरी निर्णय लिनुभयो, त्यसमा असहमति हो । केन्द्रीय सदस्य थप्ने निर्णय नमानेका हौं,’ श्रेष्ठले भने, ‘तर एकता प्रक्रियामै जाने नजाने भन्ने छलफल बन्द गरेका छेनौं ।’

तर घनश्याम भूसालको नेतृत्वमा अगाडि बढेको समूहमा नजाने भने निश्चित भएको उनले बताए । भूसालले आज बोलाएको छलफलमा पनि यी नेताहरू सहभागी भएननन् ।

‘हाम्रो सम्भावना एमालेमै फर्कने पनि हुन सक्छ । तर एमालेले सहज वातावरण बनाउनु पर्‍यो,’ उनले भने, ‘एमालेमा वातावरण बन्यो भने देशभरबाट हामी १०० जना जति पुरानै घरमा फर्कने योजनामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?