नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का । फाइल फोटो
१७ कात्तिक, काठमाडौं । कांग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ ।
चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा सहमति जुट्न सकेको छैन ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने पक्षमा छन् भने चुनाव अघि महाधिवेशनमा जानु हुँदैन भन्नेमा पूर्व पदाधिकारीको समूह छ ।
यही बहसका बीच केन्द्रीय समिति बैठक स्थगित गर्दै तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बस्दै आए पनि सहमति जुट्न सकेको छैन।
केन्द्रीय समितिको बैठक भोलि मंगलबारका लागि सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4