News Summary
Generated by OK AI. Editorially reviewed.- एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यान्चेस्टर सिटीले एएफसी बर्नमाउथमाथि ३-१ को जित निकाल्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
- खेलमा हालान्डले १७औं र ३३औं मिनेटमा गोल गरे भने निको ओरिलीले ६०औं मिनेटमा गोल गरे।
- जितपछि सिटीले १० खेलमा १९ अंक जोड्दा बर्नमाउथ १८ अंकसहित चौथो स्थानमा झरेको छ।
१७ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा एएफसी बर्नमाउथलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नमाउथमाथि ३-१ को जित निकालेको हो । हालान्डले २ गोल गर्दा निको ओरिलीले १ गोल गरे । बर्नमाउथका टाइलर एडम्सले एक गोल गरे ।
हालान्डले १७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । एडम्सले २५औं मिनेटमा बराबरी गोल गरे । ३३औं मिनेटमा हालान्डले पुन: गोल गर्दै अग्रतामा ल्याए ।
६०औं मिनेटमा ओरिलीले गोल गरेपछि सिटी ३-१ ले विजयी भयो ।
जितपछि सिटी १० खेलमा १९ अंक जोडेर दोस्रोमा उक्लिएको हो । १८अंकमै सीमित बर्नमाउथ चौथोमा झर्यो ।
प्रतिक्रिया 4