News Summary
Generated by OK AI. Editorially reviewed.- एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको छ।
- शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
- शाक्यले यसअघि नबिल बैंकमा सिनियर डेपुटी सीईओको रूपमा काम गरिसकेका छन्।
१७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।
सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
ललितपुर पुल्चोकका स्थानीय शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । शाक्यले हाल नबिल बैंकमा सिनियर डेपुटी सीईओका रुपमा कार्यभार सम्हालेका छन्। बैंकिङ क्षेत्रमा उनले करिब ३ दशकको अनुभव संगालेका छन् ।
यसअघि असोजमा एनआईसी एसियाबाट रोशनकुमार न्याैपानेले कार्यकाल १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4