+
+
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच सह-प्रायोजन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाली खेलकुद प्रवर्द्धन र बीमा सचेतना विस्तारका लागि चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ।
  • सम्झौतापत्रमा इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले हस्ताक्षर गरे।
  • प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने विश्वास व्यक्त गरिन्।

१७ कात्तिक, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाली खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सोमबार हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुष न्यौपानेले हस्ताक्षर गरे ।

इन्स्योरेन्सले यो साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका रूपमा उल्लेख गरेको छ । इन्स्योरेन्स  प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?