+
+
Shares

जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार

पूर्वगृहमन्त्री रवि लामिछाने सहित जेलका नाइके र भाईनाइकेहरूसँग सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी आन्दोलनमा भएको दमन र आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले नख्खु कारागार पुगेर पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ।
  • लामिछानेलाई सहकारी ठगी आरोपमा थुनामा राखिएको थियो र भदौ २४ मा उनी नख्खु कारागारबाट थुनामुक्त भएका थिए।
  • आयोगले कारागार निरीक्षण गरी कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको र प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न सर्कुलर जारी गरिएको छ।

१७ कात्तिक, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

आयोगको टोली सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको हो ।

आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको हो ।  आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएका थिए । उनी निस्किएपछि अरू कैदीबन्दीहरू पनि कारागारबाट बाहिर निस्किएको आरोप लागेको छ ।

तर रवि लामिछाने र उनी आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागारका जेलर सत्यराज जोशीको जारी गरेको पत्रका आधारमा लामिछाने थुनामुक्त भएको दाबी गरेका थिए । नख्खुका जेलर जोशीसँग सोधपुछ गरेको भोलिपल्ट आयोगले थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो ।

बुटबलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालीमा ल्याएर सहकारी ठगी गरेको आरोपमा लामिछाने थुनामा परेका छन् । भैरहवा कारागारमा रहेका उनलाई केही महिनाअघि नख्खुमा ल्याइएको हो । उनी नख्खुमै रहेका बेला भएको हुलदंगापछि उनी भदौ २४ मा कारागारबाट बाहिर निस्किएका थिए ।

‘आयोगका पदाधिकारीहरू सहितको टोलीले भदौ २४ गते नख्खु कारागारको समग्र अवस्थाबारे सोधपुछ गर्नुका साथै वस्तुस्थिति अध्ययन गरेर फर्कियो’ आयोग सम्वद्ध स्रोतले भन्यो, ‘लामिछाने बाहेक अरु कैदीबन्दीहरूसँग पनि कुराकानी भएको थियो । त्यसमा पनि नाईके र भाइनाइकेहरूले विस्तृत कुराकानी गरेका थिए ।

सोधपुछका क्रममा लामिछाने थुनाबाहिर निस्कनुपर्दाको अवस्था, जेलरको नाममा जारी भएको पत्र, त्यसपछि उनी जेलबाहिर जाँदाको परिस्थितिदेखि अरू विषयमा छलफल भएको स्रमेतले बतायो । कारागारसम्वद्ध स्रोतले भन्यो, ‘त्यसक्रममा उहाँले आयोगको टोली समक्ष आफ्नो कुरा राख्नुभएको थियो ।’

गतसाता उपत्यका बाहिर रहेको जाँचबुझ आयोगका पदाधिकारीहरू विभिन्न ठाँउको सूचना संकलन गरी काठमाडौं फर्किएका थिए । आइतबारदेखि आयोग काठमाडौंका घटनामा केन्द्रित हुन थालेको हो ।

आइतबार मात्रै आयोगले प्रहरी मुख्यालयमा पत्र पठाएको थियो, जसका आधारमा हेडक्वार्टरले भदौं २३ र २४ गते जिम्मेवारीमा रहेका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न सर्कुलर जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?